एमाले पालिका अधिवेशनः खाँडादेवीमा ३ हजार बढी कार्यकर्ता सहभागी, अध्यक्षको नाम टुङ्गोलाग्यो

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक,रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँपालिकाको एमाले पालिका अधिवेशनमा ३५ सय बढी एमाले कार्यकर्ता सहभागी भएका छन् । पालिका अध्यक्ष समेत त्यहाँ टुङ्गो लागेको छ । 

 

 

आज मंगलबार एकैदिन भैरहेको एमाले अधिवेसनमा करिब ३ हजार ५ सयको हाराहारीमा कार्यकर्ता भेला भएर कार्यक्रम सुरु भएको एमाले खाँडादेवी गाउँपालिका अध्यक्ष पुष्कर कुमार कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । त्यहा एमाले जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले कार्यक्रम उत्घाटन गरेका हुन् । 

उनका अनुसार खाँडादेवी पालिकाको केन्द्र माकादुममा कार्यक्रम विशाल सभाकाबीच सुरु भएको उनले बताए । 

 

‘काठमाडौंबाटै एक हजार जतिसाथिहरु आएछन्, यहाँ हामी २५ सय भन्दा बढी भेला भैसक्यौ, कार्यक्रम निकै भव्यताका साथ सुरु भएको छ, उनले भने ।’ कार्कीले पालिका अध्यक्षको अध्यक्ष समेत टुङ्गो लगेको बताए । ‘नाम बन्दसत्र अगाडि खुलाउन मिल्दैन, लगबग नाम टुङ्गिएको छ, सर्वसहमितमै नाम टुङ्ग्याएका हौं, कार्कीले भने ।’

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार