यी हुन् रामेछापका सात स्थानीय तहका एमाले अध्यक्ष (नामावाली)

| कात्तिक ११, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

११ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले आठ स्थानीय तहमध्ये सात स्थानीय तहको नेतृत्व सर्वसहमतिमा टुङ्गो लगाएको छ । बुधबार र बिहिबार भएको पालिका अधिवशन अन्तर्गत सात स्थानीय तहको नेतृत्व टुङ्गो लागेको जिल्ला पार्टी प्रचारविभाग प्रमुख प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 
कार्कीका अनुसार एमालेको पालिका अधिवेशनमा बुधबार उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालीका, सुनपती गाउँपालीका र दोरम्बा गाउँपालीकामा सर्वसहमतिमै नेतृत्व टुङ्गो लागेको  हो । 


त्यस्तै रामेछाप नगरपालिकामा पनि बुधबारनै सर्वसहमतिमै नगर कमिटी टुङ्गो लागेको थियो । भने मन्थलीमा बिहिबार सचिव पदबाहेक सबै पदमा सर्वसहमतिमै नेतृत्व गठन भएको छ । 

 

उता लिखु तामाकोशी गाउँपालिकामा भने अध्यक्षको आकांक्षीहरु धेरै भएकाले अधिवेशन सारिएको छ । त्यहाँ तिहारपछि मात्रै अधिवेशन हुने प्रचार प्रमुख कार्कीले जानकारी दिए । लिखुमा कातिक २४ गते बुधबारको लागि अधिवेशन तोकिएको कार्कीले रामेछाप टाइम्सलाई बताए । 


शान्ति पूर्ण, सब्य, भब्य रुपमा पार्टीको अधिवेशन सफल भएको बताउदै उनले सम्बध सबैमा धन्यवाद् दिए ।