आकांक्षी धेरै भएपछि लिखु तामाकोशीको एमाले अधिवेशन सर्योः अब कातिक २४ गते हुने

| कात्तिक ११, २०७८ बिहिबार

फाइल फोटो मन्थली नगर एमाले कमिटी गठन कार्यक्रम, एमाले रामेछाप । तस्विर मिलन घिमिरे, रामेछाप टाइम्स
A A A
A A A

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिखु तामाकोशी गाउँपालिकामा एमाले अधिवेशन सरेको छ । अध्यक्षको आकांक्षीहरु धेरै भएकाले अधिवेशन सारिएको एमाले रामेछापका पार्टी प्रचार विभाव प्रमुख प्रकाश कार्कीले जानकारी दिए । 

 


त्यहाँ तिहारपछि मात्रै अधिवेशन हुने प्रचार कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 


'लिखु तामाकोशीमा कातिक २४ गते बुधबारको लागि अधिवेशन तोकिएको कार्कीले रामेछाप टाइम्ससंग भने ।'

 

 
अन्य सात स्थानीय तहमा भने बुधबार र बिहिबार दुई दिन गरेर एमाले पालिका अधिवेशन सकिएको छ । सबै ठाउँमा सर्वसहमतिमै नेतृत्व टुङ्गो लागेको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार