शान्ति पौडेल ४९ दिनमा सरकारबाट बिदाः भन्छन ‘चार महत्वपूर्ण काम गरेको छु, सिकाई भयो’

| कात्तिक ११, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

११ कातिक, रामेछाप । बागमती प्रदेशमा ४९ दिन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका शान्ति प्रसाद पौडेलले आफूले सरकारमा रहदा चार महत्वपूर्ण काम गरेको बताएका छन् ।

 

उनी गत भदौ २३ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा उधोग मन्त्री बनेका थिए । शाक्यले बुधबार प्रदेश सभामा राजीनामा दिएसंगै पौडेलको मन्त्रीपद गुमेको छ ।

 

रामेछाप टाइम्ससंगको कुराकानीमा ‘यो स्वाभाविक प्रक्रिया हो, हामीलाई मन्त्री बन्नेबेलैमा थाहा थियो, त्यसैले यो सामान्य हो उनले भने ।

 

४९ दिन सरकारमा काम गर्ने अवसर पाँए । योबीचमा तीन चारवटा महत्वपूर्ण काम गरेका छौं । हामीले मन्त्रालयबाट सामाजिक पूर्वधार कार्याविधि तय, वनजडिबुटी तथा वनपैदावर सम्बन्धि कार्यविधि तय, यसको बोर्ड गठन र कार्यान्वयको प्रक्रिया सुरु, उधोगको क्षेत्रमा बनेको कानून कार्यान्वय, र योबीचमा गएको बाढी पहिरोमा परेकाहरुलाई प्रदेश सरकारले पठाउने बजेट पठाएका छौं उनले सुनाए ।’ 


उनी ‘थप्छन् करमर्चारी परिचालन गर्न सकियो भने प्रदेशको विकास सजिलै गर्न सकिने अनुभव, सिकाई भयो यसबाट म, आफूले गरेको काम प्रति खुसी छु ।’  


प्रदेशमा आजै एकिकृत समाजवादी राजेन्द्र पाण्डेले प्रदेशको मुख्य मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

 

पाण्डे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।  
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार