राकाथुममा युवाको नेतृत्व विकास र सीपमुलक तालिमाः दालमोट, पापड, आलुचिप्स, भुजियादेखि साबुन बनाउने सीप सिकाउदै

| कात्तिक १२, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१२ कातिक, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमले युवाहरूको नेतृत्व विकास र सिपमुलक कार्यक्रमहरु संचालन गरेको छ । 

 

वडा कार्यालय राकाथुमको आर्थिक सहयोगमा जेसिआइ खाँडादेवीको आयोजनामा सो कार्यक्रममा संचालन वडा अध्यक्ष विष्णु श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार तालिममा युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास, दालमोट, पापड, आलुचिप्स, भुजिया बनाउने सीप सिकाइने छ । त्यस्तै सरफ् र साबुन बनाउने तालिमा समेत  सिकाईने छ । 

तस्विर स्रोतः वडा अध्यक्ष श्रेष्ठ 

वडा अध्यक्ष श्रेष्ठका अनुसार बिहिबारदेखि नेतृत्व विकास तालिम २ दिन, दालमोट, पापड, आलुचिप्स, भुजिया, सरफ् र साबुन बनाउने तालिम ७-७ दिन संचालन हुने छ । 


युवाहरुको क्षमता, तथा नेतृत्व विकासको तालिम दिन कैलाश खाकी श्रेष्ठ आएको उनले बताए । उनी शिक्षक, जेसिज लगाएत नेतृत्व विकासको विभिन्न तालिम संचालन गर्दै आएका छन् । 

 

वडा कार्यालयमा संचालित् उक्त तालिमा क्षमता विकासमा २५ जना युवा र अन्य सिप मूलक तालिममा ३०–३० जना वडाका किशोर-किशोरीहरु (महिला-पुरुष) को सहभागिता रहेको छ । 


तालिम निकै महत्वपूर्ण रहेकाले रहेकाले यो तालिम उपलब्धी मूलक हुने उनले बताए । 

 

त्यस्तै तालिममा सहभागिता पनि उल्लेख रहेकाले यो तालिम उपलब्धी मूलक हुने वडा अध्यक्ष श्रेष्ठ जानकारी दिए । 

 

युवाहरुलाई सीप सिकाएर उधमी, ब्यवसायी बनाउने उद्देश्यले तालिम सचालन भएको उनको भनाई । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार