रामेछापमा भएको निःशुल्क आँखा शिविरमा चार जिल्लाका ३५० बढीले लिए सेवा

| कात्तिक १२, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१२ कातिक,रामेछाप । जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापले संचालन गरेको निःशुल्क आँखा शिविरमा ३५० जना बढीले सेवा लिएका छन् । गत बुधबार, बिहिबार र शुक्रबार आजसम्म संचालन भएको निःशुल्क आँखा परीक्षणमा सो संख्यामा आँखाका रोगीहरुले सेवा लिएको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका प्रमुख पुष्कल घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार गम्भिर प्रकृतिका १२१ जना आँखाका रोगीहरुको निःशुल्क आँखा अप्रेसन समेत भएको उनले बताए ।

तिलगंगा आँखा अस्पताल काठमाडौं, जिल्ला सामुदायिक आँखा अस्पताल मन्थली, तामाकोशी अस्पताल मन्थली, मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, हिमालयन क्याट् प्रोजेक्ट यु.एस् .ए, ड्रिम बालइन्डे प्रोजेक्ट कोरिया र जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको उक्त शिविरमा रामेछाप, दोलखा, ओखलढुङ्गा र सिन्धुली जिल्लाका नागरिकहरुले निःशुल्क सेवा लिएका हुन् । 


शिविरमा मोतियाबिन्दु, आँखाजाँच, चस्माजाँच, आँखापरीक्षण, आँखा सम्बन्धी रोगहरु आखाँपाक्ने, चिलाउन, बिजाउने जस्ता रोगको उपचार भएको प्रमुख घिमिरेले जानकारी दिए । बालबालिकादेखि वृद्धवद्धासम्मको निःशुल्क उपचार गरिएको सो शिविर जिल्लाको मन्थली नगरपालिकाको गेलु, कठजोर, फुलासी र रामेछाप नमगरपालिकामा संचालन भएको थियो ।

 

त्यस्तै लिखु तामाकोशी गाउँपालिकाको वडा नं ७ तिल्पुङ्मा समेत शिविर संचालन भएको थियो । उक्त स्थानमा छनोट भएका आँखाका रोगीहरुको शिविरबाट छनोट गरि तामाकोशी अस्पताल मन्थलीमा ल्याएर अप्रेसन गरिएको प्रमुख घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए ।


यसरी गेलुबाट १२३, कठजोरबाट १२१, फुलासीबाट १३०, रामेछाप नगरपालिकाबाट ८५, र तिल्पुङ्बाट १६० जना छनोट भएका थिए । 


घिमिरेका अनुसार आँखाका बिरामीहरुलाई मन्थली बचत तथा ऋण सहकारीले निःशुल्क खाना (जाउलो) को ब्यवस्था गरेको थियो  । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार