हिमगंगामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

| कात्तिक १४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१४ कातिक, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन् भएको छ । 

 


शनिबार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको आयोजन  तथा रामेछाप नगरपालिकाको सहआयोजनामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको वडा सचिव अशोक सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

उनका अनुसार शिविरमा गाई, भैँसी,बाख्रा,बोका, कुखुरालाई विभिन्न रोगको औषधि वितरण गरिएको थियो । साथै रोगी पशुहरुलाई प्राविधिक उपचार गरिएको उनले बताए । 

 

शिविर वडा कार्यालयको परिसरमा भएको थियो । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार