चिसापानीका एक दर्जन् एमाले कार्यकर्ता कांग्रेस प्रवेश

| कात्तिक १४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१४ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गर्दै एक दर्जन् चिसापानीका युवा कांग्रेस प्रवेश गरेका छन् । शनिबार मन्थली नगरपालिका वडा नं ८ चिसापानीका एक दर्जन एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । 

 

पछिल्लो समय रामेछापमा कांग्रेस प्रवेश गर्नेको संख्या बढेको छ । पार्टीमा आएकाहरुलाई कांग्रेस जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) र रामेछाप प्रदेश 'ख' का उम्मेद्वर एवं प्रदेश प्रतिनिधि जितबहादुर मगरले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

वडा सभापति ओम पुरीको समन्वयमा काले दमाइ, सुमन भुषाल, रमेश भुषाल, राजु भुषाल, रविन्द्र भुषाल, रोशन भुषाल, सिताराम रम्तेल, ज्ञानबहादुर रम्तेल, एकबहादुर रम्तेल, अर्जुन भुषाल, कृतिकपुर भुषाल, खेम रोका र भोला भुषाल कांग्रेस प्रवेश गरेको सभापति पुरीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

नवप्रवेशीहरूलाई स्वागत गर्दै सभापति तामाङले पार्टी सभापतिले कसैलाई भेदभाव नगरि उपयुक्त जिम्मेवारी दिने र पार्टीमा सबैलाई समेटर अघि बढ्ने बताए । साथै जनताका जनजिवीकादेखि विकासनिर्माण तथा सामाजिक सेवामा अझ बढि सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे ।