नेपाल पत्रकार महासंघको प्रथम प्रादेशिक सम्मेलन्ः ११ बुँदे घोषणा पत्र जारी गर्दै समापन् (घोषणा पत्र)

| कात्तिक १४, २०७८ आइतबार

फोटो स्रोतः कृष्णसारु मगर पत्रकार
A A A
A A A

१४ कातिक,रामेछाप । नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिको दुई दिने प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै दुई दिने सम्मेलन सम्पन्न भएको हो । सम्मेलन शनिबार र आइतबार भएको थियो । 


छलफलले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि गर्ने, तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न यो सम्मेलन सम्बन्धितले ध्यानाकर्षण गराएको छ । साथै कोरोना महामारी लगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने र श्रमजीवी पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने जस्ता गतिविधि गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन समेत भनेको छ ।

  1.  प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न यो सम्मेलन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
  2. कोभिड महामारी लगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा यो सम्मेलनको ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारहरुलाई पेसाबाट बिमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन यो सम्मेलन सम्बन्धित पक्षसँग माग गर्दछ ।
  3. कोभिड महामारी लगायतका समस्याले स्वरोजगारमुलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको छ । केही सञ्चारमाध्यम बन्द भएका छन्, कतिपय बन्द हुने अबस्थामा पुगेका छन् । यो परिस्थितिमा सञ्चारमाध्यम टिकाउन आबश्यक आर्थिक प्याकेज ल्याउन र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग यो बैठक माग गर्दछ ।
  4. नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्वन्धमा नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले निर्णय गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्दै चितवनमा प्रतिष्ठान स्थापना गर्न यो सम्मेलन जोडदार माग गर्दछ । साथै काभ्रे शाखाले निर्माण गर्दै गरेको महासंघको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रवन्ध मिलाउन पनि यो सम्मेलन सरकारसँग माग गर्दछ । साथै महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा ११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रकृया अघि बढाउन यो सम्मेलन देश सरकारसँग आग्रह गर्दछ ।
  5. बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत सरकार आफैले सञ्चार गृह सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवर्धनमा खर्च गर्ने व्यवस्था गर्न यो सम्मेलन प्रदेश सरकारसँग माग गर्दछ ।
  6. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले यो आर्थिक वर्षलाई तालिम वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ । प्रदेश भित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने र यस क्षेत्रमा प्रवेश गर्न चाहानेहरुलाई सिप विकास तालिम सञ्चालन गर्ने समितिको उद्देश्य हो । यो अभियान सफल पार्न आबश्यक सहयोग गर्न महासंघ सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।
  7. स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने विज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो सम्मेलन संघीय तथा प्रदेश सरकारसँग माग गर्दछ ।
  8. नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसार महासंघलाई क्रियाशील पत्रकारहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियानमा सहयोग गर्न यो सम्मेलन सबै जिल्ला शाखाहरुलाई आग्रह गर्दछ ।
  9. देशकै पहिलो सञ्चार रजिष्ट्रार बागमती प्रदेशमा नियुक्त गरिएको छ । सञ्चारमाध्यमको प्रवर्धन गर्न व्यवस्था गरिएको यो कार्यालयलाई आर्थिक एवम भौतिक रुपमा व्यवस्थित बनाउन यो सम्मेलन प्रदेश सरकारसँग माग गर्दछ ।
  10. बागमती प्रदेश सरकारले विभिन्न कानुन बनाउने सन्दर्भमा सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन बनाउँदा महासंघसँग परामर्श गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी प्रेस मैत्री कानुन बनाउन महासंघ प्रदेश सरकारसँग आग्रह गर्दछ ।
  11. मुलुककै सुन्दर पर्यटकीय नगरी चितवनको सौराहासहित कोभिड महामारीका कारण थलिएका प्रदेशभरिका सबै पर्यटकीय स्थलहरुलाई पुर्ववत् अबस्थामा फर्काउन आबश्यक प्याकेज ल्याउन यो सम्मेलन सरकारसँग माग गर्दछ ।
रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार