रामेछापको उमाकुण्डमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा खिजीदेम्बा गाउँपालिका राव गुरुङ् समाज प्रथम

| कात्तिक १५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१५ कातिक, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका भुजीमा भएको तीनदिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा खिजीदेम्बा गाउँपालिका राव गुरुङ् समाज ओखलढुङ्गा प्रथम भएको छ । 
उज्यालोको पर्व दिवापलीको अवसरमा लिखु भुजी युवा कल्ब भुजी, भुजी हातेमालो भुजी, भुजी फुटबल कल्ब भुजी, गुम्देल सामुदायिक संस्था गुम्देल र कास्थमे एसोसेशनको आयोजनामा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा दोरम्बा शैलुङ् खेलकुद् विकास समिति द्वतिय भएको छ । 


त्यस्तै लिखु तामाकोशी गाउँपालिका रातमाट गैयादेवी निर्माण सेवा टिम तृतिय भएको त्यहाँस्थित् पत्रकार टंक गौतमले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार आयोजक टिमले सान्त्वना स्थान हाँसिले गरेको छ । 


गौतमका अनुसार प्रथम हुने टिमले नगद ५० हजारको साथमा शिल्ड मेडेल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो हुने टिमले नगद ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 
त्यस्तै तृतिय हुने टिमले नगद ३० हजार र सान्त्वना हुने आयोजक टिमले १० हजार पाएका छन् । 


कूल १२ टिमको सहभागिता रहेको उक्त प्रयोगितामा रामेछाप जिल्लाकै विभिन्न वडाहरु र ओखलढुङ्गा जिल्लाको वडाहरुको सहभागिता रहेको थियो । 


कोरोना महामारीले भुजीमा लाग्दै आएको शुक्रबारे हाट बन्द भएको थियो । सो हाट खुलाउने अवसर पारेर खेल आयोजना गरिएको वडा अध्यक्ष रुद्रमणि नेवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 


‘लामो समयदेखि लाग्दै आएको हाट कोरोना संक्रमण बढ्दै गएपछि बन्द गरिएको थियो । अब प्रत्येक शुक्रबार हाट लाग्ने गरि खुलाइएको छ  सोही दिन पारेर खेले आयोजना गरिएको थियो वडा अध्यक्ष नेवारले  भने ।’
 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार