उमाकुण्डमा प्रशासनियक निकायको स्थलगत अनुगमन्ः लाप्चानेमा ईलाक प्रशासन पुःन संचालन हुनु पर्ने र गुम्देलमा चौकी बस्नु पर्ने माग

| कात्तिक १६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१६ कातिक,रामेछाप । उमाकुण्ड गाउँपालिकाका सरोकार वालाले ईलाका प्रशासन कार्यालय पुःन संचालनमा ल्याउन माग गरेका छन् । त्यस्तै पालिकाको वडा नं १ गुम्देलमा प्रहरी चौकी बस्नु पर्ने समेत माग उठेको छ । 


सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख (प्रजिअ) दीपक कुमार पहाडी, जिल्ला सरकारी वकिल कार्यालय रामेछापका न्यायाधीवक्ता यदुनाथ शर्मा र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख (डिएसपी) नवराज ढुङ्गानासहितको टोलीले पालिकाको कार्यालयमा गरेको सरोकारवाला निकायसंगको छलफलमा यस्तो माग उठेको हो । 


पालिकाको केन्द्र नजिकै लाप्चानेमा केही समय संचालन भएको ईलाका प्रशासनक कार्यालय कोरोना महामारी लगाएत विविध कारणले बन्द भएको थियो । लामो समय बन्द रहेको सो ईलाका प्रशासन कार्यालय संचालनमा नहुदाँ पालिकाबासीले सास्ती खेप्नु परेको पालिका प्रमुख शेरबहादुर सुनुवारले सुनाए । पालिकाको पहलमा धेरै लामो समय बन्द भएको प्रशासनको सेवा केही महिना चलाउन सकेपनि फेरी बन्द हुँदा समस्या भएको उनले सुनाए । 

 

हाल नागरिता लगाएतका प्रशासनिक कामको लागि पालिकाका बासीहरु दुई तीन दिन लगाएर जिल्ला सदरमुकाम मन्थली धाउदै आएका छन् । गुम्देलबाट वर्खायाममा झन दुःख खेप्नु पर्ने स्थानीयहरुको गुनासो छ । 


पछिल्लो समय विभिन्न चोरीका घट्नाहरु घटना थालेको भन्दै गुम्देलमा प्रहरी चौकी बस्नु पर्ने स्थानीयहरुको मागलाई समेत प्रशासनिक क्षेत्रमा सुनाइएको छ । त्यहाँ यसअगाडि पनि चौकी बस्नु पर्ने माग गरिएको थियो । त्यस्तै पालिका केन्द्रमा रहेको ईलाका प्रहरी कार्यालयलाई स्तर 'क'श्रेणीको इलाका बाउन समेत सरोकारवालाले माग गरेका छन् ।

 

पालिका प्रमुख सुनुवारले पालिका स्थित लिखु खोलामा निर्माणाधिन लिखु जलविधुत आयोजनाले नागरिकलाई सास्ती दिने गरेको सुनाएका थिए । उनले आयोजनाले स्थानीयहरुको मागलाई व्यवस्था गरि हैकम जमाउन थालेको सुनाए ।

 

उनले पटक पटक गरेका सम्झौताहरुलाई कार्यन्वयनको नाममा छारो टार्ने काम मात्रै आयोजनाले गरेको बताए । उनले स्थानीयहरुले विकास बिरोधी काम गर्न हुन्न भन्ने भावनालाई आयोजनाले हेपाह् प्रविद्धिले हेरेको भने । 


जिल्ला स्थित् प्रशासनिक निकायले सो पालिकामा भएको शान्तिसुरक्षा, बजार, महिला हिंसाको अवस्था, विकास निर्माणको अनुगमन गर्ने बताइएको छ । 

तस्विरहरु हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार