रामेछापमा विषादी सेवन गरि आत्महत्या गर्ने संख्यालाई रोक्न विषादी किन्ने बेच्नेको अभिलेख राखिने

| कात्तिक १५, २०७८ सोमबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्राप्त
A A A
A A A

१५ कातिक, रामेछाप । रामेछापमा विषादी सेवन गरि आत्महत्या गर्ने संख्यालाई रोक्न विषादी बिक्री वितरण गर्ने व्यक्तिको अभिलेख राखिने भएको छ । यस्ता ब्यक्तिहरुको टेलिफोन नम्बर, खरिद गर्नुको प्रयोजनको अभिलेख राखिने भएको हो ।

 

सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्ष (डिएसपी) नवराज ढुंगानाले जिल्लाको सदरमुकाम मन्थलीमा उपस्थित ब्यवसायीसंग गरेको छलफलमा बिषसेवान गरि आत्महत्या गर्नेको संख्या बढेको भन्दै अबदेखि विषादी खरिद ब्रिकी गर्दा अभिलेख राख्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार उक्त अभिलेख मासिक रुपमा स्थानीय प्रहरी कार्यालयमा उपलव्ध गराउने भनिएको छ । 


छलफलमा कृषि तथा पशुजन्य भेटनरी बाहेकका अन्य पसलहरुले समेत गैरकानुनी तरिकाले विषादी बेचबिखन गरेको पाइएकाले प्रहरीले निगरानी गर्नु पर्नेमा जोड्दिएका थिए ।

 

यस्तोमा प्रहरीले निगरानी गरि ईजाजतबिना संचालन भएका पसलहरुले विषादी बेचबिखन गरेको पाईएमा कानूनी कारबाही गर्नुपर्ने समेत माग गरेका छन् ।

 

व्यवसायीहरुले बजार अनुगमन कार्यमा स्थानीय तहको भुमिका उल्लेखनिय नदेखिएको समेत गुनासो गरेका छन् ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार