उद्योग वाणिज्य संघ रामेछापले ११६ जना सदस्यको सदस्यता खारेज गर्यो

| कात्तिक १५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१५ कातिक,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले ११६ जना सदस्यको सदस्यता खारेज गरेको छ । चालु आर्थिक वर्षमा ६३ जना थप नयाँ सदस्य थप गरेको संघले पटक पटक सूचना गरि सदस्यता नविकरण गर्न आग्रह गर्दा पनि सदस्यता नविकरण नगर्ने ११६ जनाको सदस्यता खारेज गरेको संघका कार्यकारी अधिकृत नवीन के.सी.ले रामेछाप टाइम्सलाई जानकारी दिए ।


उनका अनुसार कूल एक हजार तीन सय २५ जना सदस्य संख्या रहेको संघमा गत असोज मसान्तमा सम्म ३ सय ३४ जना महिला र ९ सय ८९ जना पुरुष आबद्ध भएका छन् । जसमा साधारण सदस्य एक हजार दुई सय ३६ जना रहेको छ । भने बस्तुगत सदस्यको संख्या दुई जना छ । त्यस्तै आजिवन सदस्यको संख्या ८४ जना पुगेकोछ । एसोसियट्स् सदस्य ३ जना छन् ।


जिल्लाका आठवटै स्थानीय तहमा जोडिएको संघमा हालसम्म ४८३ उद्योग र ८४२ वटा वाणिज्य संस्थाहरु जोडिएका हुन् ।


वि.स. २०४९ सालमा तदर्थ समिति गठन भई जिल्ला प्रशासन कार्यालयमा सोही फागुन ११ गते दर्ता भएर संचालनमा आएको संघले यस क्षेत्रमा छरिएर रहेका गद्योगी, ब्यापारी एवं ब्यावसायीहरुको हकहित, संरक्षण सम्बद्र्धन, एकता र विकासमा टेवा पुर्याउदै आएको छ ।


यो संस्था नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघको ’ख’ वर्गमा सूचिकृत भएकोछ ।


संघले जिल्ला सदरमुका मन्थली बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य सूची निर्धारण गर्न जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय मन्थली र मन्थली नगरपालिकासंग समन्वय गरि ब्यापारीहरुको हितमा काम गर्दै आएको छ ।


संघका अध्यक्ष केशव प्रसाद घिमिरेले संघले समय समयमा सम्बन्धित निकायसँगको समन्वयमा बजार अनुगमन्, ब्यापारीहरुको हितमा तालिम, छलफल अन्तरक्रिया कर राजश्व सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको बताए ।

 

उनका अनुसार यसबाट ब्यापारी र उपभोक्ता दुबैलाई निकै मद्दत पुग्ने गरेको छ ।
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार