२४ घण्टामा भारतमा एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै संक्रित थपिए

| बैशाख ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ । यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको छ ।

आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको हो ।

उता बेलायतले भारतबाट जानेलाई प्रवेश नदिने घोषणा गरेको छ। 

कोरोना महामारीबाट अधिक प्रभावित देशहरूलाई खतराको सूचीमा राखेको बेलायतले ती देशबाट जानेलाई प्रवेश नदिने निर्णय गरेको हो। सोमबार बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले रेड लिष्टमा भारतलाई पनि राखेका हुन्।

बेलायतमा आउँदो शुक्रबारदेखि भारत हुँदै जानेहरूले प्रवेश पाउने छैनन्।