एमाले लिखु तामाकोशीको अध्यक्षमा भीमबहादुर तामाङ, सचिवमा बोहोरा (नामावाली)

| कात्तिक २५, २०७८ बिहिबार

फाइल फोटोः सचिवमा चयन भएका सुवास बोहोरा । तस्विर बोहोराको फेस्बुकबाट साभार ।
A A A
A A A

२५ कातिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको पालिका अधिवेशन आज टुङ्गिएको छ । पछिल्लो पटक बाँकि रहेको लिखु तामाकोशी गाउँपालिकाको नेतृत्व टुङ्गो लागेसंगै जिल्लाको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको पालिका अधिवेशन सम्पन्न भएको हो ।


गत कात्तिक ९ र १० गते जिल्लाका सात पालिकाको नेतृत्व सर्वसहमतिमै टुङ्गो लगाएको एमाले रामेछापले लिखु तामाकोशीमा अध्यक्षको आकांक्षि धेरै हुदाँ हिजो बुधबारसम्म  पालिका नेतृत्व चुन्ने मिति सारिएको थियो । हिजोदेखिको निरन्तरको छलफलपछि आज बिहान जिल्ला समन्वय समितिमा बसेको बैठकले पालिका अध्यक्षको जिम्मेवारी भीमबहादुर तामाङ्लाई दिएको एमाले जिल्ला पार्टी प्रचार विभाग प्रमुख प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले ‘भने भीमबहादुर तामाङ्लाई आज जिल्ला समन्वय समितिमा बसेको बैठकले अध्यक्ष टुङ्गो लगाएको छ  ।’


अध्यक्ष पदका लागि चार जना, उपाध्यक्ष, सचिव र उप–सचिव पदका लागि तीन÷तीन जनाले दाबी गरेपछि त्यहाँ नेतृत्व गाह्रो भएको थियो । पालिका अध्यक्षको लागि त्यहाँ भीमबहादुर तामाङ, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिवप्रसाद न्यौपानेले दाबी गरेका थिए । 


आज जिल्ला पार्टी ईन्चार्ज र पदादिकारी सहितको छलफलबाट तामाङ्लाई पालिका अध्यक्ष बनाईएको जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछाप टाइम्सलाई बताए । 


त्यस्तै उपाध्यक्षमा केशर पौडेल, सचिवमा सुवाश बोहोरा चयन भएका छन् । भने उपसचिवमाद्वय लिला बहादुर बस्नेत र निङ्मार तामाङ् सर्वसहमतिमै टुङ्गिएका छन् । 


उपाध्यक्षका लागि इन्द्रबहादुर बुढाथोकी, लीला बहादुर बस्नेत र दीपबहादुर गुरुङले दाबी गरेका थिए । त्यस्तै सचिव पदका लागि रामकुमार पाण्डे,सुवास बोहरा र शेरबहादुर थापाले दाबी गरेका थिए ।

 

त्यस्तै उपसचिवमा रविन्द्र पौडेल, मिङ्मार तामाङ र विनोद खड्काले दाबी गरेका थिए । तामाङ्को नेतृत्वमा ७५ सदस्यीय समिति गठन भएको अध्यक्ष पौडेलले बताए । 


जिल्लामा १२ हजार ६  सय ६२ जना क्रियाशिल सदस्य पुर्याएको बताउदै एमाले जिल्लामा ठूलो पार्टी भएको अध्यक्ष पौडेलले दाबी गरे । उनले २७ सय ६० महिला मात्रै एमालेमा क्रियाशिल सदस्य पुगेको सुनाए । त्यस्तै उत्पीडि समूह पनि पार्टीमा उतिकै सक्रिय बनेको पौडेले बताए ।

 

हाल ७ सय ९ जना उत्पीडित समूह एमाले रामेछापमा क्रियाशिल सदस्य रहेको अध्यक्ष पौडेलले बताए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार