एमाले रामेछापबाट गणेश बि.क. र मानबहादुर बि.क. महाधिवेशन प्रतिनिधिमा सर्वसहमत रुपमा चयन

| कात्तिक २७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२७ कातिक,रामेछाप । नेकपा (एमाले) राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रामेछाप जिल्लाबाट (दलित) उत्पिडित समूहतर्फबाट गणेश बि.क. (घिमिरे) र मानबहादुर बि.क. सर्वसहमत रुपमा चयन भएका छन् ।

 

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं मन्थली नगर कमिटीका सदस्य समेत रहेका युवा नेता घिमिरे सर्वसहमतिमै महाधिवेशन प्रतिनिधिमा चयन् भएका हुन् । 


१० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भैरहेको महाधिवेशन प्रतिनिधि छनोट गर्न जिल्लामा ६२ जनाले उम्मेद्वरी दर्ता गरेका छन् । जसमा १२ जना पुरुष,५ जना महिला, ३ उत्पीडि गरि १९ जना चयन हुने छन् । जसको लागि आज देशब्यापी रुपमा एमालेले प्रतिधिनि छनोट गर्दैछ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन ।

 

रामेछापमा सर्वसहमितिमै नेतृत्व चयन गर्ने तयारी रहेको एमाले नेताहरु बताउछन् ।

 

खाँडादेवी गाउँपालिकाबाट प्रतिनिधिको नाम टुङ्गो लागेको पालिका अध्यक्ष पुष्कर कुमार कार्कीले रामेछाप टाइम्सलाई बताए । 'तीन जनाको नाम टुङ्गो लागेको छ उनले भने।'
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार