‘म ५० वर्षभन्दा मुनीकालाई मात्रै वडा अध्यक्षको टिकट् दिन्छु, युवासाथिहरु तयारी भएर बस्नु’-सभापति ‘कान्छाराम’ (भिडिओसहित)

| कात्तिक २७, २०७८ शनिबार

A A A
A A A

२७ कातिक,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) ले स्थानीय तहको निर्वाचनको लागि पार्टीले जसलाई टिकट् दिन्छ उसैलाई जिताउन एक भएर लाग्न पार्टीका सबै नेताकार्यकर्ता आग्रह गरेका छन् । ‘अन्यथा नलिकन पार्टीले जसलाई टिकट् दिन्छ उसलाई जिताउन म, पनि लाग्छु, सबै साथिहरु लाग्नु पर्छ सभापति तामाङ्ले भने ।’ 

 


दोरम्बा शैलुङ् गाउँपालिका कांग्रेसले राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङ्ले कांग्रेसमा युवाहरुले नेतृत्व पाउनु पर्नेमा जोड् दिए । उनले भने ‘मैले ५० वर्षमुनीभित्रै संघको टिकट् ल्याएको हो । अहिले म, ५५ वर्षको भए । म, सभापति भैसके,मैलै पालो लाईसके, आउदो महाधिवेशनमा युवासाथिहरुले नेतृत्व हातमा लिनुपर्छ ।’


उनले ४० वर्ष मूनीका युवाहरुलाई स्थानीय निर्वाचनको लागि तयारी भएर बस्ने पनि निर्देशन दिए । उनले ५० वर्ष भन्दामाथिका कसैलाई पनि वडाअध्यक्षको टिकट् नदिने घोषणा गरे । ‘४० वर्ष मूनीका युवासाथिहरु तयारी भएर बस्नुहोस्, म ५० वर्षमाथिकालाई त वडा अध्यक्ष बनाउने सोच्मै छैन् । वडा अध्यक्ष बन्छन् त १ ४० देखि ५० वर्षभित्रका युवाहरु ।’  


राजनीति लामोसमय गर्न नहुने प्रशंग झिक्दै सभापति तामाङ्ले आफूभन्दा बलियो उम्मेद्वरा भए आगामी निर्वाचनमा म, कुनै पनि निर्वाचनमा उठ्दिन भने । ‘तीनै तहको निर्वाचन पार्टीलाई जिताए भने म, राजनीति नगर्न पनि सक्छु, कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सभापति तामाङले बोले ।’ 

 


उनले जिल्लाका आठवटै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन म लाग्छु भने । उनले जिल्लाका सबै वडामा तीन सदस्यीय कमिटी गठन गरेर त्यहाँको रिपोर्ट लिएर टिकट् वितरण गर्ने बताए । 


दोरम्बा शैलुङ् गाउँपालिकामा  कांग्रेस ईकाइ भवन बाउन ७ लाख ७७ हजार रकम अगाडिनै दिन्छु भनेको स्मरण गर्दै तामाङ्ले भवन छिटो बाउन आग्रह गरे ।

 

दोरम्बामा कांग्रेस कम्जोर रहेको भन्दै पार्टीका कार्यकर्ताहरुलाई कांग्रेसलाई बलियो बनाउन आग्रह गरे । 

 

कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), माओवादीसहितका पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार