नामाडीमा एसले संचालनमा ल्यायो पार्टी कार्यालयः हरिबहादुर खड्का बने अध्यक्ष (नामावाली)

| कात्तिक २७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२७ कातिक,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) ले हरिबहादुर खड्काको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । साथै थिरबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको जिल्ला सचिवालय सदस्य नविन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार नामाडीमा शनिबार (आजै) पार्टीको कार्यालय समेत संचालनमा ल्याइएको छ ।

पार्टी कार्यालय केन्द्रीय सल्लाहकार परिषद्का सदस्य धनबहादुर कार्की र जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।


मंसिरको १५ गतेसम्म जिल्लाका आठवटै स्थानीय तहमा आफ्नो संगठन विस्तार बनाउने निर्णयसहित अगाडि बढेको एसले संगठन बिस्तारलाई तिव्र पारेको छ । 


कार्यक्रममा प्रदेश सदस्यहरु बलाराम खड्का, अम्बरबहादुर तामाङ् लगाएतको समेत सहभागिता रहेको थियो । 


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार