माओवादी केन्द्र राज्यको मूल निर्णायक शक्तिमा नआएसम्म अहिलेको संकट समाधान हुदैन-ईन्चार्ज चौलगाई

| कात्तिक २७, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी) केन्द्र रामेछापका जिल्ला ईन्चार्ज युवराज चौलगाईले (माओवादी) केन्द्र राज्यको मूल निर्णायक शक्तिका रुपमा नआएसम्म देशमा आजदेखिएको संकट समाधान नहुने बताएका छन् । उनले भने माओवादी राज्यको मूल निर्णायक शक्तिका रुपमा फेरि स्थापित नभइकन आजको संकट समाधान हुंदैनन् । 


माओवादी केन्द्र लिखु तामाकोशी गाउँपालिका काठमाडौं सम्पर्क सन्वय कमिटी भेला तथा प्रशिक्षण कार्यक्रमलाई राजधानीमा सम्बोधन् गर्दै उनले यस्तो बताएका हुन् । ‘देशको नीति माओवादीको नेतृत्व अरु दलको हुनु नै आजको राजनीतिक संकटको कारण हो ।’

 

उनले भने ‘देशमा नयाँ संबिधान र त्यसभित्रका युगान्तकारी प्राबधान माओवादीले गर्दा प्राप्त भएको हो । तसर्थ, बिगतमा पुरानो संबिधान फ़ाल्न संघर्ष गरेको भन्दा बढ़ी बललगाएर आज प्राप्त भएको व्यबस्था र संबिधान जोगाउन र कार्यान्वयन गर्न लाग्न आपश्यक छ ।’ 

 


रामेछाप जिल्ला निरन्तर माओवादीको लाल किल्ला रहेको बताएका चौलगाईले यसपटक फेरि यसले इतिहासको त्यो बिरासतलाई थप उचाई दिने जिकिर गरे । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार