प्रधानन्याधीश जबराको राजीनामा माग गर्दै रामेछापका कानून ब्यवसायी पनि आन्दोलित्

| कात्तिक २८, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२८ कातिक, रामेछाप । प्रधानन्यायाधीश चोलन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै एकसातादेखिजारी आन्दोलनमा रामेछापमाका कानून ब्यवसायीहरुले एक्यवद्दता जनाएका छन् ।

 

नेपाल बार एशोसियशनद्वरा घोषित् देशब्यापी आन्दोलन प्रति रामेछाप जिल्ला बार इकाईले आइरबार आज बिहान कालो ब्यानरसहित जिल्ला अदालत परिसरमा धर्ना दिएर बिरोद्ध जनाएका हुन् ।  हातमा कालोपट्टी बाँधेर बारमा आवद्ध कानून ब्यवसायीहरुले बिरोद्ध गरेको अधिवेक्ता एवं बारका सदस्य रामहरि केसीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

स्वतन्त्र र सक्षम न्यायपालिकाको गरिमामा आँच आउने गतिविधिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबर संलग्न रहेको विभिन्न घट्नाक्रमहरुले पुष्ट्याई गरेकोले न्यायपालिकाबाट उनको राजिनामा नै न्यायीक क्षेत्र सुद्दिकरणको सुरुवात हुनेछ । भन्ने एक मात्र माग सहित सिंगो बार आन्दोलित भएको छ र उनको राजिनामा नै एक मात्र समाधनको विकल्प हुन सक्छ केसीले रामेछाप टाइम्ससंग भने । 

 

आन्दोलन प्रति एक्यबद्दता जनाउदै कात्तिक ३० गतेसम्म दैनिक ११ बजेदेखि १२ बजेसम्म एक घण्टा अदालतको गेटमा धर्ना दिने कार्यक्रम रहेको अधिवक्ता पाण्डव प्रसाईँले जानकारी दिए । 


आइतबार बिहान कानून ब्यवसायीहरुले देश ब्यापी प्रर्दशन गर्ने बारले गत शुक्रबार घोषणा गरेको थियो । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार