संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मंगलबार रामेछाप आउने

| कात्तिक २८, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२८ कातिक, रामेछाप । संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मंगलबार रामेछाप आउने भएका छन् । 

 


नेपाल कम्युनिष्ट् पार्टी (एकिकृत समाजवादी) खाँडादेवी गाउँपालिकाको बृहत कार्यकर्ता भेला तथा वडा नं ७ को भेलालाई सम्बोधन गर्न मन्त्री आले रामेछाप आउने एसले जिल्ला पार्टी सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार गाल्वा बजारमा हुने वृहत सांस्कृती कार्यक्रम समेत हुने छ । कार्यक्रममा हाँस्य कलाकार सुबोध गौतम समेत जिल्ला आउने छन् । त्यस्तै कलाकार बिन्दा परियार र भिमसेन खतिवडाको समेत प्रस्तुती रहेको छ । 

 

कार्यक्रममा मन्त्री आलेसंगै एसका केन्द्रीय पोलिटब्युरो सदस्य देवशंकर पौडेल, होम बुढाथोकीले सम्बोधन गर्ने उनले बताए ।  
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार