पुष अन्तिम साता तेस्रो मेयरकप संचालन गर्ने मन्थली नगरपालिकाको निर्णय (भिडिओ)

| कात्तिक २९, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२९ कातिक,रामेछाप । रामेछाप मन्थली नगरपालिकाले आउदो पुष अन्तिम साता तेस्रो मेयसकप (पुरुष भलिबल) प्रतियोगिता संचालन गर्ने भएको छ । 


सोमबार आज बसेको मन्थली नगर खेलकुद विकास समितिको दोस्रो पूर्ण बैठकले तेस्रो मेयरकप संचालन गर्ने निर्णय गरेको हो । बैठकले पुष २३ गतेदेखि तीन दिन प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । जसअनुसार पुष २३, २४ र २५ गते सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा खेल भब्यताका साथ आयोजना गर्ने मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बैठकमा बताए । खेलमा सहभागी हुनेको लागि नगरपालिकाले १४ वटै वडाका वडा कार्यालयहरुलाई पत्रचार गर्ने र अनिवार्य उपस्थिति हुनु पर्नेमा जोड् दिए । ‘हामी १४ वटै वडालाई प्रतियोगितामा भाग लिनको लागि पत्रचार गछौं । सबैले अनिवार्य नै सहभागिता जनाउनु पर्नेछ । त्यसको जिम्मा ब्यवस्थापन समितिले गर्नेछ बस्नेतले भने ।’ 


बैठकले खेलकुदको तयारीको लागि आठ सदस्यीय समिति समेत गठन गरेको छ । जसमा वडा नं ६ का वडा अध्यक्ष समेत रहेका गोपाल माझीलाई संयोजक तोकिएको छ । सो समितिले आउँदो राष्ट्रपति रणिङ्शिल्ड प्रतियोगिताको लागि पूर्व तयारीको रुपमा पनि काम गर्ने समेत बैठकले निर्णय गरेको छ । 

निर्णय हेर्नुहोस्

प्रतियोगितामा वडाको सिफारिसको आधारमा मात्रै खेलाडीले खेलमा सहभागिता जनाउन पाउने नियम लागू गर्ने भन्दै खेललाई विगतको भन्दा ब्यवस्थित गर्न छलफलमा सहभागिहरुले जोड् दिएका छन् ।

खेलमा प्रथम स्थान हाँसिल गर्नेले टिमले एक लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ ।

 

त्यस्तै दोस्रो हुनेले नगद ७५ हजार नगद् प्राप्त गर्ने छ । त्यस्तै तृतिय हुनेले ५० हजार र सान्त्वना हुनेले टिमले नगद ३० हजार प्राप्त गर्ने आयोजकले निर्णय गरेको छ । 

 

बैठकले नगरपालिका भित्रका वडाहरुलाई प्रतियोगितामा सहभागी गराउनको लागि प्रतिवडा २५ हजारको दरले आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । 


साथै सबै वडाहरुले मन्थली नगरपालिकाको खेलकुद विकास ऐन २०७६ को दफा १२ को उपदफा १ बमोजिम वडास्तरीय खेलकुद समिति १५ दिन भित्र गठन गरि जानकरी गराउन समेत बैठकले निर्णय गरेको छ । 

भिडिओ हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार