रामेछाप प्रहरी भन्छ- ‘ढुक्क भएर सवारी संचालन् गर्नुस्, सुरक्षाको लागि प्रहरी खटिएको छ’

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो डीएसपी नवराज ढुङ्गाना ।
A A A
A A A

३० कातिक, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी महासचिव नेतृत्वको (विप्लव) ले आजको लागि आह्वन गरेको नेपाल बन्दको अबज्ञा गर्ने र ढुक्क भएर सावारी साधान संचालन गर्नेको लागि रामेछाप प्रहरीले आग्रह गरेको छ ।

 

आज मंगलबार विप्लवले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउन मागसहित नेपाल बन्दको घोषण गरेको थियो ।

देवकोटा चोकबाट बसपार्क तर्फ जादै गरेको सूमो । मंगलबार बिहान । तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

चरणबद्ध आन्दोलन घोषणा गरेको विप्लवको बन्दको केही असर भने जिल्लामा  बिहानै देखि देखिन थालेको जिल्ला प्रहरी प्रमुख नबराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बन्दको प्रभाव बिहानदेखि सामान्य देखिन सुरु भयो । विगतको तुलनामा सवारी कम चलेका छन् । हाम्रो टोली जिल्लाका मुख्य नाकासहितका ठाउँमा परिचालित् भएको छ । मोबाइल टोली र गाडी टोली थप गरेका छौं, ढुक्क भएर यात्रा गर्न हामी सबैलाई भन्छौं (डीएसपी) ढुङ्गानाले भने ।’ 

 

जिल्ला सदरमुकाम मन्थलीमा पसलहरु यो समाचार तयार पार्दासम्म बन्द छन् भने । सवारी चलेका छैनन् । बसपार्क र देवकोटा चोक सम्म केही सवारी छिट्फूट रुपमा छलेका छन् ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार