मन्त्री प्रेम आले आज रामेछाप आउने

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक, रामेछाप । संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले आज मंगलबार रामेछाप आउने भएका छन् ।

 

नेकपा एकिकृत समाजवादी पार्टी (एस) ले खाँडादेवी गाउँपालिकामा गर्ने लागेको बृहत कार्यकर्ता भेला तथा वडा नं ७ को भेलालाई सम्बोधन गर्न मन्त्री आले रामेछाप आउने (एस) रामेछापले जनाएको छ । कार्यक्रम गाल्वामा गर्ने तयारी सकिएको एस रामेछापका जिल्ला पार्टी सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘हामी स्थानीयहरु मात्रै जम्मा हुने कार्यक्रम हो । यहाँ बन्दको प्रभान परेको छैन। कार्यक्रमको तयारी सकियो । करिब १२ बजेबाट कार्यक्रम सुरु हुन्छ घिसिङ्ले भने ।'

मन्त्री आउने भएपछि सिंगारीएको गाल्वा बजार । तस्विर घिसिङ्बाट प्राप्त ।
आजको कार्यक्रम पूर्व निर्धारित् भएको भन्दै कार्यक्रम गर्नै पर्ने आफूहरुको सेडूल् रहेको एसका केन्द्रीय पोलिटब्युरो सदस्य देवशंकर पौडेलले रामेछाप टाइम्ससंग बताए । आफूहरु कार्याक्रमको लागि भनेर हिडिसकेको उनले सुनाए । हामी कार्यक्रमको लागि हिडिसकेका छौं । ‘हाम्रो यो नियमित कमिटी गठनकै कार्यक्रम हो पौडेलले भने’


आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै देशब्यापी बन्दको घोषणा गरेको छ । 


एस रामेछापले कार्यक्रममा हाँस्य कलाकार सुबोध गौतम,कलाकार बिन्दा परियार र भिमसेन खतिवडाको सांस्कृतिक तथा हाँस्य प्रस्तुतीसहितको कार्यक्रम आयोजना गरेको छ ।