सुनारपानीका दुवै आँखा नदेख्ने,शारिरीक रुपमा अशक्त गुञ्जबहादुर नेपालीले पाए राहातः सहयोगको लागि कार्कीको अपिल

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक,रामेछाप । दुवै आँखा नदेख्ने शारिरीक रुपमा अशक्त मन्थली नगरपालिका ५ सुनारपानीका गुञ्जबहादुर नेपालीले राहात पाएका छन् । 


अन्दाजी ५५ वर्षीय नेपाली हिड्डुल गर्न सक्दैनन् । उनका आफ्न्ता पनि नजिकमा कोही छैनन् । 

 

उनै पीडित नेपालीलाई खाद्यन्न सहयोग गर्दै नेकपा एकिकृत समाजवादी पार्टी (एस) रामेछापका जिल्ला कमिटी सदस्य एव सोही ठाउँका स्थानीय समेत रहेका अर्जुन कार्कीले नेपालीको  दुखेसो सुनाए । उनले भने ‘एक भिडिओमा नेपालीको पीडा देखेर मनैदेखि सहयोग गर्ने इच्छाज्यो अनि यो सहयोग गरे । उनका आफन्ती पनि नजिकमा कोही छैनन् । उनका दाजु पर्नेले सामाग्री भए बनाएर ल्याएर दिने रहेछन् । त्यसैले यो सामान दिएको हुँ ।’ 

 


ब्यवसायिक क्षेत्रमा आबद्ध  कार्कीले नेपालीको पीडा असहयिय भएको सुनाए । आफूले सानो सहयोग गरेर सुरुवात् गरेको सुनाउदै कार्कीले नेपालीको उद्दार गर्न अपिल गरे । उनले पीडिले शारिरीक रुपमा निकै दयानीय भएको सुनाए । 

 

कार्कीले सोमबार करिब सात हजार मूल्य बराबरको खाध्यन्न,लत्ता कपडा नेपालीलाई प्रदान गरेका थिए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार