मन्थली नगपालिका बैठकका निर्णयः खेल क्षेत्रलाई १० लाख दिने देखि राष्ट्रिय योजना आयोगमा सिफारिस् सम्म (निर्णयहरु)

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक,रामेछाप । मन्थली नगरपालिकाले ५१ औं कार्यापालिकाको निर्णय सार्वजनिक गरेको छ । आज मंगलबार नगरपालिकाले १४ वटा महत्पूर्ण निर्णय गरि सावर्जनिक गरेको हो । 


जसअनुसार चालु आर्थिक वर्षको पूर्वधारतर्फको योजना सम्झौताको सम्पन्न गर्ने, नगभित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक स्वयंसेवक कार्यक्रम संचालन र अनुदान शिक्षक नियुक्ती गर्ने नगरशिक्षा समितिबाट अनुमोदन् भएको शिक्षक र विद्यालय कर्मचारी छनौट मस्यौदा कार्यविधि २०७८ पारित गर्ने निर्णय गरेको हो ।

 

त्यस्तै आउदो मंसिर १६ गते नगरपालिका दिवसमा विभिन्न कार्यक्रमका साथ मनाउन तयारी थाल्ने निर्णय गरेको छ । 

 

त्यस्तै नगरपालिका भित्र १४ वटा वडामा संचालनमा रहेका मेलमिलाम केन्द्रलाई ब्यवस्थित गराउनेम, मेयर कप भलिबल प्रतियोगिता संचालको लागि सबै वडाहरुले आवश्यक आ-आफ्नो तयारी गर्ने, मंसिर १५ गतेदेखि  सुरु हुने दोस्रो राष्ट्रिय खुल्ला माझी गोल्डकप फुटबलको संचालनको लागि कूल १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

निर्णयहरु हेर्नुहोस् 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार