‘तीन करोड नेपालीको मनजित्ने गरि काम गरिरहेको छु’- मन्त्री प्रेम आले

| कात्तिक ३०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

३० कातिक,रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले तीन करोड नेपालीको मनजित्ने गरि काम गरिरहेको बताएका छन् । उनले भने ‘मलाई पार्टीका श्रद्धय नेता माधव नेपाल र झलनाथ खनालले तीन करोड नेपालीको मनजित्ने गरि काम गर्ने निर्देशन दिनुभयो । म त्यही अनुसार काम गरिरहेको छु । जनताको लागि, देशको लागि काम गर्छु । राम्रो काम गरेर तीन करोड नेपालीको मन जितेर मआफै राजीनामा दिने सोचमा छु ।’


रामेछापको खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई रामेछापको गाल्वामा सम्बोधन गर्दै मन्त्री आलेले रामेछापको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने रामेछाप जिल्लाको विकासको लागि म, मेरो मन्त्रालय अन्तर्गत रकम बिनियोजन गर्ने छु, सबै जनतासंग नङमासुको सम्बन्ध बनाउनु पर्ने । म हाम्रो पार्टीका सबैसाथिहरुलाई यस्तै सम्बन्ध बनाउन आग्रह गर्दछु । 


राम्रो काम गर्नेलाई जनताले साथ दिने गरेको भन्दै उनले आफूले भोग्दै आएको राजनीतिक दिनलाई सुनाए । मन्त्री आजले आजै हेलिकप्टर मार्फत कार्यक्रममा आएका थिए ।


आफू मन्त्री भएको मंगलबार १ महिना १२ दिनमा पुरा भएको जानकारी दिदै मन्त्री आलेले यो अबधिमा जनताको पक्षमा धेरै महत्पूर्ण काम गरेको सुनाए । उनले भने ‘म मन्त्री हुदाँ बैदेशीक रोजगारीमा जानेकोहरुको पीसिआर परीक्षण गर्दा २५ सय देखि २ हजार सम्म शूल्क लिने गरिदो रहेछ । मैले यो निशुल्क गर्ने काम गरे । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा निःशुल्क बस सेवा संचालन गरे ।  त्यस्तै भारत नेपाल उडानको लागि सिधा उडान गर्ने कानूनी प्रक्रिया सकाए ।’ 


त्यस्तै नेकपा एमाले आफूहरुले रगत पसिना बगाएर बनाएको पार्टी भएपनि केपी ओलीको दम्भले आज बिद्रोह गरेको बताए । उनले रामेछापको गाल्वा बजार एतिहासीक बजार हो भने ।’ 

 

मन्त्री आलेले विश्व मित्र गुफा समेत उत्घानट गरेका छन् । करिब २५ मिनेट बोलेका मन्त्री आले काठमाडौं फर्कि सकेका छन् ।