ब्यवसायी श्याम थापा उत्कृष्ट करदाता र घिमिरे उत्कृष्ट कर्मचारीबाट सम्मानित् (फोटोफिचर)

| मंसिर १, २०७८ बुधबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१ मंसिर, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापा र करदाता कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरे सम्मानित् भएका छन् ।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आज सदरमुकाम मन्थलीमा आयोजित् कार्यक्रममा थापा  आर्थिक बर्ष २०७६/७७ मा जिल्लाका व्यवसायी मध्ये राज्यलाई धेरै कर बुझाएर उत्कृष्ट कर दाता र घिमिरे करदाता कार्यालयमा उत्कृष्ट काम गरेर सम्मानित् भएका हुन् । 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतसहित प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, करदाता कार्यालय रामेछापका करअधिकृत कृष्ण प्रसाद न्यौपानेले प्रशंसापत्र र नगद रकमसहित सम्मान हस्तान्तरण गरेका हुन् ।

सम्मान ग्रहण गर्दै लक्ष्मी स्टोर एण्ड सप्लायर्स प्रा.लि.का संचालक समेत रहेका थापाले आफूले गरेको ब्यवसायको राज्यलाई तीर्नु पर्ने कर खुसी भएर तीर्नु पर्नेमा जोड्दिए । उनले राज्यले निजी क्षेत्रलाई अझैपनि हेर्ने दृष्टीको फरक रहेको भन्दै त्यसलाई सुधार्नु पर्नेमा बताए । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार