दुरागाउँ ट्याक्टर दुर्घटना अपडेटः गम्भीर घाइते भुजेलको पनि मृत्यु, एकको ट्रमा सेन्टरमा उपचार हुदै

| मंसिर १, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१ मंसिर,रामेछाप । मंगलबार भएको ट्याक्टर दुर्घटनाका घाइते थप एक जनाको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँमा हिजो ना छ त ७२८४ नम्बरको ट्याक्टर दुर्घटनामा एक जनाको घट्नास्थलमै ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए । घाइते हुनेमा श्रीमान श्रीमती रहेका थिए ।

 

दुर्घटनामा सोही ठाउँका अन्दाजी ५० वर्षीय उद्दब पौडेलको ज्यान गएको थियो । भने श्रीमान दुर्गा भुजेल र श्रीमती मीनकुमार भुजेल गम्भीर घाइते भएका थिए ।

 

घाइतेको उद्दार गरी मन्थली ल्याउने क्रममा बाटैमा ज्यान गएको र करिब राति ८ बजेको समयमा प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सकले श्रीमान भुजेलको मृत्यु भएको पुष्टी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

मृतककी श्रीमती मीनकुमारी भुजेलको भने अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको उनले बताए । हिजो विद्यालयको गिट्टी बोकेर सैपुबाट दुरागाउँ तर्फ जाँदै  गरेको ट्याक्टर दुरागाउँको बसेरीमा दुर्घटनामा परेको थियो । 

सम्बन्धित समाचार
ट्याक्टर दुर्घटना अपडेट्ः घाइते श्रीमान-श्रीमतीको उद्दार गरि मन्थली ल्याइदै, उद्दब पौडेलको मृत्यु

दुरागाउँमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई जना घाइते