‘मन्थली नगरपालिकाले उठाएकाे कर नगरबासीकै विकासमा खर्च भैरहेको छ’ नगर प्रमुख बस्नेत (भिडिओ)

| मंसिर १, २०७८ बुधबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१ मंसिर, रामेछाप । मन्थली नगरपालीकाका प्रमुख रमेश बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको मृुख्य दायित्व भएको बताएका छन् । १० औ राष्ट्रिय कर दिवस सप्ताहाको उद्घाटन गर्दै बुधबार मन्थलीमा आयोजित् कार्यक्रममा यस्तो बताएका हुन् ।

 

उनले ‘हाम्रा अधिकाँश नागरिक र पेशा ब्यवसायीहरुले कर तिर्ने बेलामा रातोमुख गर्छन्’ भन्ने उदाहरण दिदै उनले आम्दानी हुनेले खुसी भएर करतिर्नु पर्नेमा जोड् दिए । पछिल्लो समयमा स्थानीय सरकारले लगाएको करको विषयमा जनस्तरमा बाक्लै कुरा उठ्ने गरेको प्रशंगा सुनाउदै सरकारले लगाएको करलाई आफनो ठाउँ र सन्ततीको भविष्यसंग जोडेर हेर्न पनि पनि उनले आग्रह गरे । 

 

उनले नगरपालिका भित्र करदाराहरको हितमा काम गर्न नसकेको उनले स्वीकार गरे । चाँडै उनीहरुको हितमा नगरपालिकाले करदाता कार्यालय रामेछाप र उधोग वाणिज्य संघ रामेछापको समन्वयमा एक जनचेतना मुलक कार्यक्रम गर्ने जानकारी दिए । 

 

उनले स्थानीय सरकारसंग कर लगाउन सक्ने कानून भएको जानकारी गराउदै सो कानूनमा आधारित् भएर सरकारले कार गठाउदै आएको सुनाए । नगरिकहरुबाट उठाएका करको राज्यको हितमा लागू हुने उनले सुनाए । 


उनले नगपालिका भित्र तीन करोड २२ लाख रुपैयाँ नगरपालिकाले कर उठाउदै आएको सुनाए । त्यसमा अधिकांशा धेरै कर ढुङ्गा गिट्टी र बालुवाबाट मात्रै एक करोड ७० लाख रुपैयाँ रकम उठ्ने सुनाए । सोही रकमबाट मन्थलीमा वर्षमा भत्किएका सडकहरुको पुःननिर्माण हुने गरेको जानकारी गराए । सो रकम नगरको समृद्धिको लागि खर्च गरेको जिकिर गरे । 

 

नगरप्रमुख बस्नेतले हाल नगभित्र २२ वटा सडक बत्ती रहेको सुनाउदै अब थप २५ वटा थप हुने बताए । उनले कोरोना महामारीले चाहेका सबै काम गर्न नसकेको स्मरण गराउदै अब नगपालिका चलायमान हुने दाबी  गरे । 

भिडिओ हेर्नुहोस्

 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार