मन्थली नगरपालिकाको बालबालिकालाई एक दिने अभिमुखीकरणः ‘सिर्जनात्मक, कलात्मक र शिक्षित् बन्नुहोस्’ (फोटोफिचर)

| मंसिर २, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२ मंसिर,रामेछाप । रामेछापको मन्थली नगरपालिकाले एक दिने लागु औषध दुर्व्यसनीबाट सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको कार्यालयमा भएको कार्यक्रमा मन्थली नगरपालिकाका भित्रका किशोरकिशोरीहरु, बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

 


कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश कुमार बस्नेतले किशोर किशोरीहरु सिर्जनात्मक हुनु पर्नेमा जोड् दिए । उनले पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा किशोर किशोरीहरु संलगनता हुने गरेको भन्दै ती तत्वबाट टाडै बसेर सिर्जनत्कम र क्षमतावन बन्नु आग्रह गरे ।  उनले भने तपाईहरु ‘सिर्जनात्क, कलात्कम र शिक्षित् बन्नुहोस्’ त्यसको लागि के आवश्यकता महसुस् हुन्छ हामी सहयोग गर्छौं ।' 


कार्यक्रममा मन्थली माध्यमिक विद्यालयका उप-प्राध्यापक (ब्रह्मकुमार) भरत कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ र जिल्ला सहायक जिल्ला न्यायधिवक्ता विना खड्का थापाले लागु औषध दुर्व्यसनीले पार्ने असर, त्यसको प्रभाव, कानूनी जटिलता, सजाय लगाएतका विषयमा अभिमुखीकरण तथा प्रशिक्षण गरेका थिए । 

फोटो स्रोतः मन्थली नगरपालिका फेस्बुक

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार