रामेछापका व्यवसायीको एक स्वरः ‘रामेछापमा स्थानीय सरकारले व्यापारी र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेनन्’ (भिडिओसहित)

| मंसिर २, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२ मंसिर,रामेछाप । रामेछापका व्यवसायीहरुले व्यवसाय संचालन गर्न सरकारी तर्फबाट आफूहरुले सोचेको जस्तो सहयोग पाउन नसकेको गुनासो गरेका छन् । भौगोलीक रुपमा विकट रहेको जिल्लाका स्थानीय तहमा व्यवसाय गरेर नागरिकहरुलाई सेवा गर्दै आएपनि विभिन्न बाहानामा व्यवसायीहरुले राज्यबाट पीडित बन्नु परेको उनीहरुको गुनासो छ ।

 

व्यवसायी तथा उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरे भन्छन् ‘हामी जिल्लाका आठ वटै स्थानीय तहका विभिन्न ठाउँमा व्यवसाय गरेर सेवा प्रदान गर्दै आएका छौं। तर, हामीलाई राज्यले अर्कै दृष्टिकोणले हेर्छ । गुम्देल जस्तो माथिल्लो भेगदेखि रामपुर जस्तो तल्लो भेगसम्म व्यवसाय गरेर सेवा प्रदान गरिरहेका छौं । तर, पनि हामीलाई दर्ता नगरेको भन्दै विभिन्न कानूनी प्रावधानमा पारेर दण्डित् गरिने गरेको छ ।’


जिल्लाका यी स्थानीय तहमा बेला-बेलामा हुदै आएको बजार अनुगमनमा आफ्ना व्यवसायीहरु कारबाहीमा पर्ने गरेकोमा दुखित् हुदै स्थानीय सरकारले ती ठाउँका व्यवसायीहरुको संरक्षण गर्नु पर्नेमा अध्यक्ष घिमिरेले जोड दिए ।

 

उद्योग  वाणिज्य संघ रामेछापले आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिमिरेले स्थानीय सरकारहरुले ठाउँअनुसारको नीति निर्माण गरि व्यवसाय संचालन गर्न सहज वातावरण हुनु पर्नेमा जोड् दिए । व्यवसायी संचालन गर्न प्रशासनिक झमेलालाई सुधार गर्दै जानु पर्ने घिमिरेले माग गरे ।


त्यस्तै संघका निवर्तमान अध्यक्ष श्याम थापाले पनि व्यवसायीहरुलाई राज्यले हेर्ने नजर फरकनै भएको गुनासो गरे ।

 

‘राज्यलाई निजी क्षेत्रले विकासको मुलआधार हो, भन्दा(भन्दै पनि नाफाखोरी, घुषखोरी हो,मात्रै भन्ने नजरले हेर्ने गरेको छ ।’ राज्यले निजी क्षेत्रको विकासको लागि तालिम सहकार्य गर्नु पर्नेमा त्यो गर्न नसकेको सुनाए । निजी क्षेत्रले बुझाएको करबाट देश संचालन भैरहेको छ, भन्ने राज्यले बुज्न नसकेको उनको तर्क छ ।

 

व्यवसाय संचालन गरेर सेवा प्रदान गरे पनि त्यसको उचित मूल्याङ्कन हुन नसकेको उनले सुनाए । राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसेकको उनको भनाई थियो । 

भिडिओ हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार