खुर्कोट् प्रहरीलाई २ सय रुपैयाँ घुस दिन खोज्ने मन्थली घर भएका सह-चालक घिमिरे दुई बससंगै प्रहरीको नियन्त्रणमा (भिडिओ)

| मंसिर २, २०७८ बिहिबार

फोटो स्रोतः ईलाका प्रहरी कार्यालय खुर्कोट्
A A A
A A A

२ मंसिर,रामेछाप । खुर्कोट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई बस प्रहरीको नियन्त्रणमा परेका छन् । 

 

पक्राउ पर्नेमा खाँदबारीबाट काठमाण्डौतर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९७२ नम्बरको बसका सह-चालक धनुषा मिथिला नगरपालिका वडा नं.९ लालगढ बस्ने वर्ष २८ को अभिषेक बराल र प्रदेश ३ ०-१-००५ ख ९४६४ नम्बरको बसको सह(चालक रामेछाप मन्थली नगरपालिका वडा नं. १ बस्ने वर्ष २६ को रोशन घिमिरेले डिउटीमा खटिएका प्रहरीलाई एक सय घुस दिन खोजेका थिए । 

 


सह-चालक घिमिरेले निर्धारित समय भन्दा अगाबै आएकोले समय मिलाई दिनु पर्यो  भनी टाईमकार्ड भित्र रु.१००/१०० को नोट राखि प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको थिए । 


आर्थिक प्रलोभनमा पर्न खोज्ने दुबै बसका सह-चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खुर्कोटमा राखि दुबै बसलाई नियमानुसार ट्राफिक जरिवाना गरेको खुर्कोट् प्रहरीले जनाएको छ । 

भिडिओ हेर्नुहोस्