कांग्रेस रामेछापको पहिलो पदादिकारी बैठकः छुट्टाछुटै स्थानीय तहमा बैठक बस्ने, ६ जना सदस्य मनोनित्

| मंसिर ३, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

०३ मंसिर, रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको १४ औं अधिवेशबाट निर्वाचित कांग्रेसको पहिलो बैठकले ६ जना सदस्यलाई मनोनित गरेको छ । पदाधिकारी बैठकले ध्रुब लामा, चिना खड्का (कार्की), नारायणबहादुर बोगटी, कमान खड्का, जितबहादुर कटुवाल, सुरेस सुवेदीलाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित गरेको हो । 


त्यस्तै आमन्त्रित सदस्यमा रामचन्द्र बि.क चयन भएको जिल्ला पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 


आज निर्माणाधिन पार्टी कार्यालय वीपी स्मृति भवन मन्थली भैँसेश्वरमा बसेको बैठकले प्रत्येक महिनाको ३ गते पदाधिकारी बैठक बस्ने निर्णय गरेको छ । त्यस्तै पार्टी सदस्यको ‘लेवी’लाई समेत कडाईको साथ उठाउने र व्यवस्थापन गर्ने निर्णय गरेको छ । जसको लागि सचिवद्वय र सह-सचिवद्वयको नेतृत्वमा सचिवालय समेत गठन गरिएको खड्काले रामेछाप टाइम्सलाई बताए । 


कांग्रेस रामेछापले प्रत्येक बैठक छुट्टाछुटै स्थानीय तहमा गर्ने पनि निर्णय गरेको उनले सुनाए । पहिलो बैठक मन्थली नगरपालिका स्थित पार्टी कार्यालयमा बसेको थियो । अब दोस्रो बैठक उमाकुण्ड गाउँपालिकामा र तेस्रो बैठक दोरम्बा शैलुङ् गाउँपालिकामा बस्ने निर्णय गरेको खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । अन्य बैठक तत्कालिन समय हेरेर तोकिने निर्णय गरेको जानकारी दिए । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार