जारी महायज्ञमा साँढे ६ लाख बढी आर्थिक सहयोग संकलन, भोली समापन (फोटोफिचर)

| मंसिर ५, २०७८ आइतबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

५ मंसिर,रामेछाप । रामेछापको मन्थलीमा जारी विश्व कल्याण राष्ट्र शान्ति महालक्ष्मी अनुष्ठान एवं श्रीमद् देवी भागवत् नवाह ज्ञान महायज्ञमा ६ लाख ५० हजार बढी आर्थिक सहयोग संकलन भएको छ । जारी धार्मिक यज्ञमा ६ लाख ७२ हजार ५ सय ७ रुपैयाँ आर्थिक संकलन भएको शिव भक्त सुमनले जानकारी दिए । ८ औं दिनसम्म आइपुग्दा सो आर्थिक संकलन भएको हो ।

 

पितृ उद्दार वातावरण शुद्धिकरण र सम्पूर्ण कुल पितृ धर्मावलम्वीको रक्षाको लागि सहयोग गर्ने उद्देश्यले आयोजित यज्ञमा ठूलो संख्यामा दर्शनार्थीहरुले सहयोग गरेका हुन् । अजै सहयोग रकम बढ्न सक्ने आकालन गरिएको छ । 

साथै अन्न तथा फलफूल, लत्ताकपडाहरु समेत दाताहरुले दान गरेका छन् । भक्तजहरुले करिब तीन मूरीको हाराहारीमा चामल र धान दान गरेका छन् । ११ बोरा चामल दान संकलन भएको सुमनले बताए । 


शविशक्ति कल्याणी केन्द्र शाखा मन्थलीको आयोजनामा नागकन्या मन्दिर परिसरमा धार्मिक कार्य संचालन भैरहेको छ । यो धार्मिक महोत्सवमा सहभागी भैदिन कार्यक्रम संयोजक सानु माझीले सबैमा आग्रह गरिन् । भोली सोमबार समापन हुने भन्दै धार्मिक यात्रालाई सफल पार्न अध्यक्ष समेत रहेकी कालिका मानन्धरले अपिले गरिन् । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार