वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन् ‘मन्थलीमा ५ हजार भन्दा बढीमा मृगौला रोगी छन्,५० जनाको नराम्रोसंग बिग्रिएको छ’ (भिडिओसहित)

| मंसिर ६, २०७८ सोमबार

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि काफ्ले । फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

मंसिर, रामेछाप । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मन्थलीमा ५ हजार भन्द बढीमा मृगौला रोगीहरु भएको बताएका छन् । जसमा ५ जनाको मृगौला अन्तिम चरणको स्थितिमा रहेको जानकारी दिए ।


मन्थली नगरको कार्यालयमा निःशुल्क मृगौला परीक्षण घोषणा कार्यक्रमा बोल्दै डा। काफ्लेले यस्तो बताएका हुन् । तीन करोड जनसंख्या रहेको नेपालमा  ३० लाख ब्यक्तिमा मृगौला रोग छ । ३ लाख जनाको बिग्रिन थालेको छ,  ३० हजारको नराम्रो संग बिग्रेको छ । ३० जनाको काम नलाग्ने अवस्थामा छ । यो तथ्याङ्कलाई हेर्दा मन्थली पनि ५ हजार जनामा मृगौला रोग छ, ५ सयको बिग्रिन थालेको छ, ५० जनाको नराम्रो संग बिग्रिन थालेको र ५ जनाको डाईलसिस् गर्ने अवस्थामा बिग्रिएको छ, भने ।  


उनले देशभरी हाल मृगौला रोगको अवस्था,जिल्लाको अवस्था र यसबाट बच्नको लागि अपनाउनु पर्ने उपायका बारेमा सुझाएका थिए । डाक्टर र अस्पताल मात्रै थपिए नहुने भन्दै यसबाट बच्नको लागि सचेतना अपनाउनुनै उत्तम हुने बताए । रोगबाट बच्नको लागि हरेक ब्यक्तिले आफैले सचेतना र सजगता  हुनु पर्नेमा जोड् दिए ।

विकास हुदै जाँदा रोग पनि विकसित हुने उनले दृष्टान्त प्रस्तुत गरे । आर्थिक रुपमा हामी पछाडी परेको भन्दै मृगौला रोगबाट बचाउन अब स्थानीय सरकारहरुले आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्नु पर्ने बताए । 
भिडिओ हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार