गुम्देलमा उद्घाटन गरियो १२ कोठे पक्कि विद्यालय भवन (फोटोफिचर)

| मंसिर ६, २०७८ सोमबार

फाइल फोटोः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

०६ मंसिर,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल स्थित श्री महालंगुर माद्यमिक विद्यालयको नवनिर्मित पक्कि भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । २०७२ साल बैशाख १२ र २९ गतेको महाविनाशकारी भूकम्पबाट क्षेत्रीग्रस्त विद्यालय भवन एसियाली विकास बैंक ९एडीबी० को अनुदान रकमबाट पुःन निर्माण गरि शनिबार उत्घाटन गरिएको हो ।

 

भवनको बागमती प्रदेशका निवर्तमान मन्त्री शान्ति प्रसाद पौडेलले र पालिका प्रमुख शेरबहादुर सुनुवारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । निर्माण सम्पन्न भएर सोही भवनबाट पठनपाठन सुरु हुदै आएको भवन उद्घाटन गर्ने कोरोना महामारीले पछि धकेलिएको थियो । सो भवनको शनिबार उद्घाटन गरिएको हो । 


भुकम्प प्रतिरोधी र पक्कि सुविधा सम्पन्न भवन बनेपछि स्थानीयहरु विद्यालयले राम्रो शिक्षा दिने अपेक्षमा छन् । 


भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट् पार्टी एमाले रामेछापका अध्यक्ष समेत रहेका पौडेलले भुकम्पपछि ठूला-ठूला भवनहरु निर्माण भएको भन्दै लगनशिल शिक्षक,अनुशासित विद्यार्थी भएमात्र राम्रो शिक्षा हासिल गर्न सकिने बताए । साथै सिमा विवाद रहेको रामेछाप र सोलुखुम्बुको सिमानामा पर्ने मैदाने, दुधुलेमा छिटै मालपोत कार्यालयबाट नापी गर्ने तयारी भएको आश्वसन दिए । 


त्यसैगरि पालिका प्रमुख सुनुवारले शिक्षा शाखासंग समन्वय गरेर शिक्षा क्षेत्रको आवश्यकता पूरा गर्दै जाने आश्वसन दिए । उनले विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी तथा लेखापाल, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने व्यवस्था गर्ने बताए । 


त्यस्तै पालिका उपप्रमुख उर्मिला कार्की (बस्नेत)ले मन्त्री पौडेलसंग असन्तुष्टी ब्यक्त गरिन् । उनले भनिन् ‘भोट नदिएकै कारण माननीयसंग पटकपटक गुम्देलको बिषयमा माग राख्दा पनि बेवास्ता भयो, भाषण धेरै भए तर, काम भएनन् ।’ 


करिब ७ करोडमा निर्माण भएको सो विद्यालयमा हाल २ सय १४ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०१८ सालमा स्थापना भएको उक्त विद्यालय उमाकुण्ड गाउँपालिका १ गुम्देलकै एक मात्रै मा.वि हो ।  नव निर्मित भवनमा १२ वटा कोठा रहेका छन् । पानी, शौचालय, फराकिलो खेल मैदान रहेको विद्यालयमा साविकको वडा नं १,२,३,४,५,६,७ सम्मका विद्यार्थीहरुले शिक्षा लिदै एका छन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार