विश्वमा एकै दिन थपिए ४ लाख २८ हजार कोरोना संक्रमितः अमेरिकामा मात्रै ६० हजार ४००

| मंसिर ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख २८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा अमेरिकामा ६० हजार ४००, वेलायतमा ४४ हजार ९००, जर्मनीमा ४० हजार ५०० र रसियामा ३५ हजार ६०० जनामा कोरोना संक्रमण देखिएको हो।

 

यस्तै‚ टर्कीमा २४ हजार ८००, इटालीमा ६ हजार ४००, इरानमा ५ हजार ४००, फ्रान्समा ५ हजार २००, भारतमा ५ हजार र ब्राजिलमा २ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ।

 

यो अवधिमा ५ हजार २८९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा १ हजार २४१, अमेरिकामा ३४९, जर्मनीमा २०४, टर्कीमा १९३, ब्राजिलमा १२०, इरानमा ९७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको हो।

 

गत २४ घण्टामा ३ लाख ६१ हजार संक्रमित निको भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ९४ लाख रहेको छ । तीमध्ये ८० हजारको अवस्था गम्भीर रहेको छ।