बसेरीमा ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका भुजेलको परिवारलाई कांग्रेस वडा कार्यसमितिले गर्यो नगद सहयोग

| मंसिर ७, २०७८ मंगलबार

बसेरीमा दुर्घटनामा परेको ट्याक्टर, फाइल फोटो
A A A
A A A

७ मंसिर,रामेछाप । ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका दुरागाउँका दुर्गाबहादुर भुजेलको परिवारलाई नेपाली कांग्रेस वडा कार्यसमितिले आर्थिक सहयोग प्रदान गरेको छ ।

 

गत कातिक ३० गते मंगलबार सैपुबाट विद्यालयको सामाग्री बोकेर दुरगाउँतर्फ जादै गरेको ना छ त ७२८४ नम्बरको ट्याक्टर लिखुतामाकोशी गाउँपालिका १ दुरागाउँको बसेरी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

 

सो दुर्घटनामा दुरागाउँकै माओवादीका नेता उद्दव पौडेलको घटना स्थलमै मृत्यु भएको थियो, भने दुर्गा भुजेल र उनी श्रीमती मीनकुमार भुजेल गम्भीर घाइते भएका थिए । घाइते भुजेलका श्रीमान-श्रीमतीको उद्दार गरि मन्थली ल्याउने क्रममा बाटैमा श्रीमानको ज्यान गएको थियो ।

 

श्रीमतीको अहिले उपचार भैरहेको छ । सोही घटनामा परेका भुजेलका परिवारलाई कांग्रेस वडा कार्यसमिति दुरागाउँले नगद् १६ हजार ५ सय ३५ रुपैयाँ सहयोग गरेको वडा सभापति रुद्रबहादुर सुनुवारले जानकारी दिए ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार