दोस्रो राष्ट्रिय माझी गोल्ड कप उद्घाटन गर्न खेलकुद मन्त्री गहतराज रामेछाप आउनेः यस्तो छ तयारी

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ मंसिर,रामेछाप । युवा तथा खेलकुद मन्त्री महेश्‍वर जंग गतहराज रामेछाप आउने भएका छन् । मन्त्री गहतराज आगामी बुधबार जिल्लामा हुन लागेको दोस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगिताको उत्घाटन गर्न जिल्ला सदरमुकाम मन्थली आउने पक्का भएको आयोजक तथा प्रचारप्रसार प्रमुख बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले रामेछाप टाइम्ससंग भने “खेलकुद मन्त्रीले प्रतियोगिता उद्घाटन गर्ने पक्का भएको छ । बिहान १० बजे उहाँ आइपुग्नु हुन्छ ।”

 

आगामी मंसिर १५ गते बुधबारदेखि २० गतेसम्म सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा खेल संचालन हुदै छ । 
“प्रतियोगितामा हाल सम्म आयोजक टिमको दुई टिमसहित २२ टिम दर्ता भैसकेको आयोजक टिमका माझीले रामेछाप टाइम्सलाई बताए । आयोजकको दुई टिम छ, रामेछाप जिल्लाको एक टिम सहित २२ टिमको दर्ता भएको हो ।”  

 

उनका अनुसार बुधबार साँझसम्म रामेछाप, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनुषा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा, स्याङ्जा, मकुवानपुर, बारा, रौतहट र सर्लाहीबाट टिम दर्ता भएका छन् । “२२ टिमको सहभागिता भैसक्यौ माझीले भने ।”

 

विभिन्न जातिय भेषभुषा सहितको सांस्कृतिक झाँकि प्रर्दशनीसंगै उद्घाटन हुने प्रतियोगिता संचालन गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजक टिमले अनुमान गरेको छ । 

 

खेल क्षेत्रमा खेलाडीहरुलाई प्रोत्साहित् गर्ने, जिल्लाको धार्मिक तथा सांस्कृतिको प्रचारप्रसार गर्ने, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने लगाएतको उद्देश्यले खेल विगतका वर्षदेखि गर्दै आइएको छ । 

 

२ लाख रुपैयाँ प्रथम पुरस्कार रहेको सो प्रतियोगितामा दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख रुपैयाँ नगद्सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । साथै सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने छन् । 

 

त्यस्तै उत्कृष्ठ विधाका खेलाडीहरुले समेत नगद पुरस्कार जित्ने छन् ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार