स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा भोली रामेछाप आउने

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

८ मंसिर,रामेछाप । नेकपा –एकिकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा शुक्रबार (भोली) रामेछाप आउने भएका छन् । नेपाल कम्युनिष्ट् पार्टी (एकिकृत समाजवादी) (एस) सुनापति गाउँपालिकाको प्रथम अधिवेशन तथा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न खतिवडा पालिकाको वडा नं ३ हिलेदेवी, सादीडाँडामा आउने एस जिल्ला सचिव लालसिं घिसिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनले भने “मन्त्री खतिवडा सुनापतिमा हुने हाम्रो पार्टीको भव्य कार्यक्रममलाई सम्बोधन गर्न आउने पक्का भएको छ ।” 

 

एमालेबाट बिद्रोह गरेर बनेको एसले जिल्लामा यस अगाडि पनि संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले ल्याएर खाँडादेवीको गाल्वामा भव्य कार्यक्रम गरेको थियो । 

 

एस सुनापति गाउँपालिकाको आयोजनामा हुने भेलासंगै सांस्कृतिक कार्यक्रम समेत रहेको घिसिङले जानकारी दिए । 

 

भेलालाई मन्त्री खतिवडासंगै केन्द्रीय पोलिट्ब्युरो सदस्यद्वय देवशंकर पौडेल र होम बुढाथोकीले सम्बोधन गर्ने छन् । साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार