मानव अधिकार सञ्जाल रामेछापले भन्यो-‘जिल्लामा एम्बुलेन्स् अभाव तत्काल सम्बोधन गर, खोप सबैले लगाऊ

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ मंसरि,रामेछाप । रामेछाप जिल्लामा एम्बुलेन्स अभाव भएको नागरिकको गुनासो समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । केही दिनदेखि जिल्लामा गम्भीर प्रक्रितिका बिरामीले एम्बुलेन्स नपाएको गुनासो बढेको छ । सोही गुनासो प्रति ध्यानाकर्षण जनाउदै संजालले उक्त समस्या तत्काल सम्बोधन गर्न भनेको हो । 


बुधबार एक कार्यक्रममकाबीच विज्ञप्ति जारी गर्दै ‘विभिन्न स्वास्थ्य संस्था तथा अन्य क्षेत्रबाट समेत एम्बुलेन्सहरु सञ्चालन भइरहेको अवस्था विद्यमान छ । जिल्लामा एम्बुलेन्स पर्याप्त नै छन् तर त्यसको उचित व्यवस्थापन हुन नसक्नु तथा चालक र एम्बुलेन्स सञ्चालन गर्ने संस्था मानव स्वास्थ्य प्रति संवेदनशील नहुँदा बिरामीलाई संकट परेको बेलामा एम्बुलेन्स नपाएको र ज्यान जानेसम्मको अवस्था आएको गुनासो नागरिक स्तरबाट बारम्बार आएको घटना प्रति मानव अधिकार संरक्षण सञ्जाल स्थानीय प्रशासन तथा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ उल्लेख छ ।’


संजालले नागरिकको जीवनसँग जोडिएको यस विषयमा गम्भीरतापूर्वक तत्काल कदम चाल्न र आवश्यक निर्णय लिन स्थानीय प्रशासन र जिल्ला विपत् व्यवस्थापन समितिलाई पत्रसमेत पठाएको हो । 


सञ्जालका संयोजक पाण्डप प्रसाईद्वरा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन समेत आह्वन गरिएको छ । सबै नागरिकहरुलाई खोप अभियान जारी रहेको विद्धयमान अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य संस्थामा भिडभाड नहुने गरि सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ ।
 

विज्ञप्ती हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार