पत्रकार ढुङ्गेलको ‘विप्लव’लाई प्रश्न-‘क्रान्ति-क्रान्ति भनेर शान्ति चै कहिले’ ?

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ मंसिर,रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले माओवादीको शसस्त्र बिद्रोहले मात्रै गणतन्त्र आउन सफल भएको जिकिर गरेका छन् । उनले भने ‘हामीले परिकल्पना पनि नगरेको गणतन्त्र आउनुमा माओवादीको शसस्त्र बिद्रोहको राम्रो परिणाम हो, यसले तत्कालिन समयमा ब्याप्त मात्रमा रहेको रहेको जातिय छुवाछुत्, सामाजिक कुरितीलाई चिर्न ठूलो भूमिका खेलेको छ । यो त्यसको सकारात्कम उपलब्धी माओवादी केन्द्रको हो ।’ 

 

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले सदरमुकाम मन्थली पार्टी कार्यालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ पत्रकार ढुङ्गलेले पछिल्लो समय राजनीति स्वार्थ, सत्ता मोह्, नातावाद, कृपाबादमा लिप्त छ भने । 

 

उनले ‘सधै क्रान्ति–क्रान्ति मात्रै भनेर हिड्ने चलन कहिले सम्म चल्छ ? भन्दै प्रश्न गरे । सधै क्रान्ति क्रान्ति मात्रै भनेर हिड्ने शान्ति चै कहिले हुन्छ, यतीका लामो समयदेखि गरेका क्रान्तिको उपलब्धी के ? उनले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रश्न गरे ।


देशले विकास र समृद्धि खोजेको आजको अवस्थामा स्वार्थ भन्दामाथि उठेर परिवर्तनको लागि लाग्ने स्वच्छ देशभक्तको अभाव रहेको औंल्याए । 


१० वर्षे जनयुद्दमा संगै युद्दमैदानमा रहेका रामबहादुर थापा  ‘बादल’सहितका केही माओवादी नेताहरुले कम्युनिष्ट् आन्दोलन कता लैजान थालाके हुन् भने । 

 

उनले विप्लवलाई परिवर्तनको लागि सक्रियता र समृद्धिको बाटो रोज्न पत्रकार ढुङ्गेलले सुझाए ।