यी हुन् भोली देखि हुने एमाले महाधिवेशनमा रामेछापबाट केन्द्रिय सदस्यमा भिड्नेहरुः यस्तो छ राजनीति इतिहास

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ मंसिर,रामेछाप । भोली शुक्रबारदेखि आइतबारसम्म चितवनमा हुन लागेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट कैलाश ढुँगेल सहित छ जना केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश मन्त्री ढुङ्गेलसहित प्रतिस्पर्धी सबैले आफूलाई बिजयी गराउन सबै केन्द्रीय प्रतिनिधीहरुसंग आग्रह गरेका छन् । 


केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेहरुमा हाल केन्द्रीय सदस्य रहेका क्रमशः कैलाश ढुँगेल, कमल चौलागाई, माधव ढुङ्गेल रहेका छन् । 


त्यसैगरि जिल्ला उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ्ग, युवा नेता रत्न गौतम्, मन्थली नगरपालिकाकी उप– प्रमुख मायाँ कार्की र महिला नेतृ गीता कार्की रहेका छन् । उनीहरु मध्ये कैलाश ढुङ्गले र रत्न गौतम बाग्मती प्रदेशको भूगोलबाट खुल्लातर्फ र नेता कमल चौलागाई, ढुङ्गेलले खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । दुई जना महिला नेतृले भने महिला कोटाबाट उम्मेद्वरी दिने घोषणा गरेका हुन् ।  


केन्द्रीय सदस्यको दाबेदार ढुङ्गेलले एमालेमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गर्दै जिल्लाको नेतृत्व सम्हाल्दै आएका छन् । हाल एमालेका केन्द्रीय सदस्य समेत रहेर काम गर्दे आएका उनले बागमती प्रदेश सभामा निर्वाचित भएर पहिलो प्रदेश सभाको अर्थ मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरेको ढुङ्गेलको अनुभव छ । ढुङ्गेल केपी ओलीका विश्वास्का पात्रका रुपमा पनि चिनिन्छन् ।


त्यसैगरि केन्द्रीय सदस्यका अर्का प्रत्यासी कमल चौलागाई पनि हालका केन्द्रिय सदस्य छन् । कम्युनिष्टका पुराना र क्रान्तिकारी छविका भएका चौलागाई जनमोर्चा, ४ औं महाधिवेशनमा नेकपा माले, नेकपा एमाओवादी हुँदै हाल नेकपा एमालेको केन्द्रीय सदस्यको रुपमा कृयाशिल छन् । 


त्यस्तै युवा नेता ढुंगेल अनेरास्ववियू रामेछापको विभिन्न जिम्मेवारी हुँदै जिल्ला अध्यक्ष र सो संगठनको केन्द्रीय अध्यक्ष समेतको अनुभव उनीसंग छ । उनले केपी ओली प्रधानमन्त्री हुँदा २ कार्यकाल राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष रहेका काम गरेका छन् । 


त्यस्तै एमाले जिल्ला उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका तामाङ् लामो समय देखि कम्युनिष्ट पार्टी र एमाले जिल्लाको विभिन्न तहमा रहेर काम गर्दै आएका छन् । तत्कालिन खाँडादेवी गाविसको अध्यक्षको अनुभव रहेका तामाङ्ग हाल पालिकाको अध्यक्षको रुपमा रहदा आफूलाई किसान र समृद्ध पालिका गाउने लागि परेको बताउदै आएका छन् । 


यता महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेद्वरी घोषण गरेका गीता कार्की र मायाँ कार्की पनि पार्टी आफूहरुलाई जिम्मेवारी पाए राम्रोसंग समाहल्न सक्ने आडान राख्दै आएका छन् । मायाँ कार्की हाल जिल्ला सरमुकाम समेत रहेको जिल्लाकै मुटुक रुपमा परिचित मन्थली नगरपालिकाको उपप्रमुखको जिम्मेवारी समाल्दै आएकी छिन् ।

 

भने गीता कार्की पनि एमाले भित्र परिचित सक्रिय रुपमा लाग्दै आएकी हुन् । अनेरास्ववियूबाट आफनो राजनीतिक यात्रा शुरु गरेकी कार्कीले महिला संगठन हुँदै पार्टीको विभिन्न तहमा बसेर काम गरि सकेकि छिन् । नेकपा विभाजन हुँदा कार्कीले एमालेको केन्द्रीय सदस्य हुने मौका पनि पाएकि थिईन् ।