लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सुरु (फोटोफिचर)

| मंसिर ९, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

९ मंसिर,रामेछाप । आज देखि लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौ, मूलनाराको साथ आज देशब्यापी रुपमा अभियान प्रारम्भ भएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइदै आइएको छ ।

 

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

 

यता रामेछापमा पनि आज अभियानको प्रारम्भ गरिएको छ । स्थानी सरकार, सरकारी तथा गैरसरकारी कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बिहिबार बिहानैदेखि र्यालीकोण सभा,सडक नाटक प्रर्दशन गरेर अभियान औपचारिक रुपमा सुरु भएको हो । 

 

यो अभियान अबधिभर १६ नै विभिन्न वडा, पालिकाहरुमा महिला हिंसाबिरुद्धको जनचेतना मूलक कार्यक्रम गरेर मनाईने जानकारी दिएको छ । 

तस्विर हेर्नुहोस्/ तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार