रामेछाप बजारमा चाउचाउ किन्न आएकी ८ वर्षीय बालिका बलत्कृतः तामाङ् पक्राउ

| मंसिर ९, २०७८ बिहिबार

सांकेतिक तस्विर
A A A
A A A

९ मंसिर,रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा ८ बर्षीय बालिका बलत्कृत भएकी छन् । 

 

उनमाथि गत मंगलबार दिउँसो ४ ः ०० बजे सोही ठाउँ स्थित् भोटेटारका अन्दाजी ७२ वर्षीय मंगल तामाङले जबरजस्ति करणी गरेका हुन् । 

 


८ बर्षिया बालिकालाई चाउचाउ किन्न गएको बेला ललाई फकाई उनकै घरको कोठामा लगी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानएको छ । करणी गर्ने तामाङ्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


पक्राउ परेका उनलाई बुधबार  जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए