'रामेछापका कुनै वडामा अस्पताल र स्वास्थ्य केन्द्र नभएर समस्या छ, भने आउनुहोस् १३ देखि १८ करोड् पाईन्छ'-स्वास्थ्य मन्त्री खतिवडा

| मंसिर १०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० मंसरि, रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले रामेछापमा अस्पताल बाउनको लागि रकम उपलब्ध गराउने बताएका छन् ।

 

उनले 'जग्गा ब्यवस्थापन् गरेर मन्त्रालयबाट स्वीकृती लिएर आउनुहोस्, मन्त्रालयबाट त्यसको लागि आवश्य पर्ने १३ देखि १८ करोड सम्म रकम दिन्छु । ५–१०–१५ शैय्याको अस्पताल बाउनको लागि डिपीआर सकेर स्वीकृती पाए पैसा दिन्छु, त्यो रोकिदैन भने ।'  

 

रामेछापको सुनापतिमा भएको एकिकृत समाजवादी पार्टी (एस) को एक कार्यक्रमलाई सम्बोधन गर्दै एसका नेता समेत रहेका मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।  

 


उनले कुनै स्थानीय तहको वडामा स्वास्थ्यसंग जोडिएको समस्या भएको त्यसलाई सम्बोधन गरिने प्रतिबद्धता जनाए । 

 

यो सरकारको पहिलो दायित्व र योजना सबै वडामा स्वास्थ्य संग रहेका समस्या समाधान गर्ने रहेको उनको भनाई छ । 

 

कोरोना खोपमा समस्या, कमी नरहेको स्पष्ट् पारे । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार