राकाथुमका मनकारी युवाहरुः जसले क्यान्सर पीडित श्रेष्ठलाई लगाए यति ठूलो आर्थिक गुण ( रकम दिनेको नामावाली र रकम सहित)

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर, रामेछाप । "मानव जीवन रक्षाको लागि साझा अभियान" भन्दै खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका युवाहरुले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

 


उनीहरुेले सोही ठाउँस्थित पिपलटार निवासी खड्ग बहादुर श्रेष्ठको श्रीमती नन्दमाया श्रेष्ठलाई पेटको क्यान्सर भइ हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्दीमा उपचार गराउदै आएकी छिन् । तर, आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा ठूलो समस्या छ ।  

 


शुक्रबार वडा अध्यक्ष बिष्णु श्रेष्ठसहितको टोलीले बिरामीस्वयमलाई कूल १ लाख ७८ हजार १ सय ८५्र रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

 

रकम सहयोग गर्ने दाताहरुको नामावाली हेर्नुहोस्

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार