गुम्देलमा एकिकृत समाजवादीको कार्यालय उत्घाटनः कार्कीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन (नामावाली)

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी एकिकृत समाजवादी पार्टी (एस) गुम्देलको अध्यक्षमा तिलक कुमार कार्की चयन भएका छन् । शनिबार पार्टीले गुम्देलमा वडा कार्यालय समेत समंचालनमा ल्याएको छ । उमाकुण्ड गाउँपालिका १ गुम्देलमा समिति गठन भएको हो । 

 

शनिबार केन्द्र तथा जिल्लाका नेता कार्यकर्ताहरु समेतको उपस्थितिमा समिति गठन तथा कार्यालय संचालनमा आएको जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार समितिको उपाध्यक्षमा गंगाबहादुर कार्की र कुमार कार्की चयन भएका छन् । 

 


त्यस्तै सचिवमा लाक्पातेन्जीङ शेर्पाले जिम्मेवारी पाएका छन् भने, उप-सचिवमा सिर्जन कार्की, हरी भुजेल र लाक्पा शेर्पाले जिम्मेवारी पाएका छन् । 

 


जिल्लाकै दुर्गम मानिने उत्तरी क्षेत्र गुम्देलमा एसले संगठन विस्तार गरेको हो । पछिल्लो समय एसले संगठन विस्तारलाई तिब्र पारेको छ ।

 

एस रामेछापले आउदो मंसिर १५ गतेभित्र जिल्लाका ६४ वटै वडाको वडा कमिटी गठन गरि सक्ने निर्णय यसअगाडिनै गरेको छ । त्यसपछि मंसिर ३० गतेभित्र पालिका कमिटी गठन हुने जिल्ला अध्यक्ष रमेश बस्नेतले बताएका छन् । 


 
केन्द्रीय पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलसहित, पोलिटब्युरो सदस्य होम बुढाथोकी, जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत, नेता बलराम खड्का, शान्ता पौडेल, जिल्लाकमिटी सदस्य कार्कीको टोली आजै बिहान गुम्देल पुगेको थियो । 

 

कार्कीको संयोजकमा ३९ समिति गठन गरिएको हो । त्यस्तै गुम्देल बसपार्क स्थित कुमार कार्कीको घरमा पार्टी कार्यालय संचालनमा ल्योएको छ । 

नामावाली हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार