रामेछापमा दोस्रो माझी गोल्ड कपः सबै तयारी पूरा, २२ टिम दर्ता

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

११ मंसिर,रामेछाप । दोस्रो राष्ट्रिय माझी गोल्ड कप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । आज शनिबार  सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक नेपाल माझी उथान संघले यस्तो जानकारी दिएको हो । 

 

आउदो मंसिर १५ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताको  करिब सबै काम सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष ईन्द्रबहादुर माझीले जानकारी गराए ।  खेल १५ गते भव्य कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गतहराजले उत्घाटन गर्ने बताए । 

खेल मन्थली नगरपालिका वडा नं ६ कुनौरी खेल मैदानमा खेल संचालन हुनेछ । प्रतियोगितामा हाल सम्म आयोजक टिमको दुई टिमसहित २२ टिम दर्ता भैसकेको उनले जानकारी दिए । उनले अनुसार रामेछाप, धनकुटा, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनुषा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोर्खा, स्याङ्जा, मकुवानपुर, बारा, रौतहट र सर्लाहीबाट टिम दर्ता भएका हुन् । 

 

विभिन्न जातिय भेषभुषा सहितको सांस्कृतिक झाँकी प्रर्दशनीसंगै उद्घाटन हुने प्रतियोगिता संचालन गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजक टिमले अनुमान गरेको छ ।  त्यसको लागि मन्थली नगरपालिकाले १० लाख, खाँडादेवी गाउँपालिकाले ५ लाख र रामेछाप नगरपालिकाले ५० हजार रकम उपलब्ध गराएको बताइएको छ । 

खेलमा प्रथम हुनेले २ लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख रुपैयाँ नगद्सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् । साथै सान्तवना हुने टिमले नगद् २५ हजार प्राप्त गर्ने छन् । 
 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार